जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १४:४६

गुन्डा नाइके बाघेसहित अठार बालुवा डिपोका सञ्चालक पक्राउ (सूचीसहित)


काठमाडौं, कात्तिक १ । गुन्डा नाइके बाघे भनिने सन्देश लामा स्वयम्भू चमतेबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बालुवा बिक्रीमा ठगी गरेको अभियोगमा गुण्डा नाइके लामालाई आज पक्राउ गरेको हो ।

प्रहरीले स्वयम्भू, महाराजगन्ज र बालाजुबाट बाघेसहित १८ वटा बालुवा डिपोका सञ्चालकलाई समेत पक्राउ गरेको छ। महाशाखाका अनुसार उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान भइरहेको छ। जेबिएस डिपोका सञ्चालक लामा यसअघि पनि विभिन अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ। प्रहरीले अन्य अपराधको बिषयमासमेत अनुसन्धान अघि बढाएको छ ।