जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १५:१७

कर्मचारीमाथि खनिए देउवा, दिए यस्तो चेतावनी


भक्तपुर, कात्तिक १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कम्युनिष्टले भन्दा राम्रो काम गर्न निर्देशन दिनुभएको छ ।

भक्तपुरको बोडेमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको आज उदघाटन गर्दै सभापति देउवाले सोनिर्देशन दिनुभएको हो । उहाँले कम्युनिष्टहरूले जितेका स्थानीय तहमा भन्दा कांग्रेसले जितेका ठाउँमा फरक र राम्रा काम हुनुपर्ने सर्तसमेत सुनाउनु भयो ।

‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ,’ सभापति देउवाले भन्नुभयो, ‘कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो । जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ ।’ उहाँले स्थानीय तहमा कर्मचारीहरूलेअसहयोग गरेको पनि आरोपसमेत लगाउनु भयो ।

‘जनताको करबाट पारिश्रमिक खाने कर्मचारीहरू यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न हुन्न, कर्मचारीले असहयोग गरे भने हामी हिसाब राख्छौं,’ सभापति देउवाको चेतावनी थियो । प्रशिक्षणमा देशभरका तीन सय भन्दा बढी स्थानीय तहका प्रतिनिधि सहभागी छन ।