काठमाडौं, कात्तिक १। प्रहरी महानिरीक्षक (आईजीपी) बशन्त कुँवरले केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन गर्नुभएको छ ।
६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष कार्यक्रमबीच आईजीपी कुँवरले केन्द्रीय प्रहरी परिचालन कक्षको उद्घाटन गर्नुभएको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी उहाँले उक्त परिचालन कक्षको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी, सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूणकुमार भण्डारी, प्रबन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्