जनता टाइम्स

२ कार्तिक २०८१, शुक्रबार १२:५५

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामै २ हजार बढ्यो


काठमाडौं, कात्तिक २ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो ।

महासङ्घकाअनुसार सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६४ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने एक हजार नौ सय ८० रुपैयाँ निर्धारण भएको छ ।