जनता टाइम्स

२ कार्तिक २०८१, शुक्रबार १८:४४

यी हुन अदालतले पक्राउ पुर्जी जारी गरेको १४ जना सहकारी ठगीखाने (सूचीसहित)


काठमाडौं, कात्तिक २ । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको पाइएको छ ।

अदालतले सहकारी ठगीमा अनुसन्धान गर्न प्रहरीको मागअनुसार लामिछानेसहित एकै पटक पक्राउ पुर्जी जारी गरेको हो । यसरी पक्राउ पुर्जी जारी भएका सहकारी ठगीका आरोपीहरुमा सभापति लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, रामबहादुर खनाल रहेका छन ।

यसैगरी देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको अनुमति पत्रमा उल्लेख छ ।

अदालतले अनुमति दिएसँगै लामिछानेसहित १४ जना सरकारी ठगी गर्नेहरुबिरुद्ध पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ ।