काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भएको छ ।
फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति संयोजक डा बाबुराम भट्टराईले आज पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित घोषणासभामा भट्टराई र यादवले नौ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका गर्नुभएको हो ।
एकतापछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । नवगठित पार्टी प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुतिक निर्वाचन प्रणालीमा जाने नीति तय गरेको छ। संविधान संशोधनमार्फत ११ प्रदेशको एजेण्डा अघि सार्ने र पहिचानका आधारमा प्रदेशको नामांकण गर्ने सहमति समेत भएको छ।
FSF-NSPN Sashamati Patra-janatatimes
प्रतिक्रिया दिनुहोस्