जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार १९:१७

महराको रक्तचाप निक्कै उच्च, सीसीयूमा उपचार हुदै


काठमाडौं, कात्तिक १

निर्वतमान सभामुख कृष्णबहादुर महराको रक्तचाप निक्कै उच्च भएपछि सीसीयूमा भर्ना गरिएको छ । यौन दुव्र्यवहारको आरोपपछि पक्राउ परेका महराको आज दिउसोबाट रक्तचाप बढेको हो ।

नर्भिक अस्पतालमा उपचार गराईरहेका महराको रक्तचाप शुक्रबार दुई सय पुगेको छ । एक्कासी रक्तचाप बढेपछि अपरान्ह ४ बजे उहाको मुटुको एन्जिओग्राफी गरिएको र त्यसपछि सीसीयूमा राखेर उपचार भइरहेको छ ।

महराको रगत पनि केही बाक्लो देखिएका कारण एन्जिओग्राफी पछि रगत पातलो पार्ने र कोलस्ट्रोल कम गर्ने औषधि दिइएको अस्पतालका एक चिकित्सकले बताएका छन् ।