जनता टाइम्स

१ कार्तिक २०७६, शुक्रबार २०:३८

निलम्वित सांसद आलमको बचाउमा उत्रिए कांग्रेस सभापति देउवा


काठमाडौं, कात्तिक १

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रौतहटका सांसद मोहम्मद अफताब आलमको प्रक्राउको विरोध गर्नुभएको छ । उहाले यो कदम कांग्रेसविरुद्धको षडयन्त्र भएको प्रतिक्रिया दिनु भएको हो ।

जिउँदै मान्छे जलाएर मारेको आरोप लागेका निलम्वित सांसद आलमलाई सात दिने हिरासतमै राखेर अनुसन्धान गरिरहेका बेला देउवाले आलमको बचाउन गर्नुभयो । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाले यस्तो धारणा राख्नु भएको हो ।

आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताउनु भयो ।