जनता टाइम्स

६ कार्तिक २०८१, मंगलवार १८:४२

सामान्य प्रशासनमन्त्री गुप्ताको १०० दिन : संघीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाह र सुशासनमा बिशेष जोड


काठमाडौं, कात्तिक ६ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाहलाई प्रभावकारिता बनाउने र सुशासनमा जोड दिँदै आफू अघि बढिरहेको जानकारी दिनुभएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा मंगलवार पत्रकार सम्मलन गरी मन्त्री गुप्ताले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउँदै सुशासनमा बढी जोड दिएको बताउनु भयो । सो अवसरमा उहाँले २५ प्रगति विवरण पनि सार्वजनिक गर्नुभएको छ ।

सार्वजनिक गरिएको कार्य प्रगति विवरण अनुसार मन्त्रालयले संघीय निजामती सेवालाई प्रभावकारी र व्यवस्थित बनाउन बनेको संघीय निजामती विधेयक संसदबाट पारित गराउन मन्त्रालयको सम्पूर्ण ध्यान केन्द्रित गरिएको उल्लेख छ । उक्त विधेयक हाल संघीय संसदमा प्रस्तुत भइ प्रारम्भिक छलफलपछि राज्य व्यवस्था समितिमा दफावार छलफल भइरहेको र आगामी संसद अधिवेशनबाट स्वीकृत गराउने गरी समिति र विभिन्न राजनीतिक दलहरूसँग समेत छलफल भइरहेको मन्त्री गुप्ताले बताउनुभयो ।

यस्तै, स्थानीय तहलाई थप सवल एवम् क्रियाशील बनाउन पनि मन्त्रालय लागि परेको बताइएको छ । कार्यविस्तृतिकरण प्रतिवेदनमा भएको थप व्याख्यासहितको परिमार्जनका विषय समेटेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको सुझाव प्राप्त गरी संशोध सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मनलयमा पठाइएको पनि मन्त्री गुप्ताले जानकारी दिनुभयो ।

त्यसैगरी, जिल्ला समन्वय समितिको भूमिकालाई थप प्रभावकारी बनाउन ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति ९इन्जिनीयर० व्यवस्था गरिएको र व्यवस्थापन तहमा जनशक्ति कमी हुन नदिनका लागि राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहहरूको सवल र दुर्वल पक्षहरूको पहिचान गरी विकास तथा सुशासनमा रहेका कमीकमजोरीहरूको जानकारी लिन र गाउँ तथा नगरपालिकाहरूबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एकीकृत मूल्याङ्कन कार्यविधि ढाँचा तयार पारिएको, सङ्घीयता कार्यान्वयनको सन्दर्भमा मार्गचित्र पहिचान हुनेगरी तीनवटा संवाद श्रृङ्खला सञ्चालन गरिएको, आर्थिक सुशासन, बजेट तथा कार्यक्रम प्रणालीमा सुधारमा सहयोग गर्नेगरी १८ वटा स्थानीय तहको मध्यकालीन खर्च संरचना तर्जुमामा सहजीकरण एवम् पृष्ठपोषण प्रदान गरिएको, १३ वटा स्थानीय तहलाई जग्गा प्राप्ति र सातवटा स्थानीय तहलाई सरकारी जग्गा उपयोग तथा भाडामा उपलब्ध गराउन सम्बन्धित मालपोत कार्यालयमा सिफारिस गरिएको जानकारी पनि उहाँले दिनुभएको छ ।

यसैगरी, सार्वजनिक सेवालाई प्रभावकारी तुल्याउँदै प्रशासकीय सङ्गठनहरूका संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष परिवर्तन गर्ने सन्दर्भमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र त्यअन्तर्गतका दूतावास, नियोगहरू, शहरी विकास मन्त्रालय र त्यसअन्तर्गतका निकायहरू, हुलाक कार्यालयहरू तथा कारागार कार्यालय नुवाकोट समेतको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराएको र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणबाट २१० वटा दरबन्दी कटौती गरिएको कार्य प्रगति विवरणमा उल्लेख छ ।

यसैगरी, विपद व्यवस्थापनमा स्थानीय तहलाई सहयोग र सहजीकरण गर्नेगरी समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन प्लेटफर्म ९कम्युनिटी बेस्ड डिजास्टर रिस्क म्यानेजमेन्ट– सीबीडीआरएम०को दुईवटा बैठक सम्पन्न गरिएको, चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएका जिल्लाका स्थानीय तहमा पूर्वाधार निर्माण तथा वस्तुगत सहायता गर्नेगरी हिमाली क्षेत्र आयोजना सहायता कार्यक्रम ‘प्रोजेक्ट एड टू नेपाल’ सञ्चालनको कार्यविधि तयार गरिएको, विभिन्न तहका कर्मचारीहरूका लागि आवासीय र सेवाकालीन प्रशिक्षणहरू सञ्चालन गरिएको पनि मन्त्री गुप्ताले जानकारी दिनुभयो ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहमा वरिष्ठ कर्मचारीलाई मात्र निमित्त व्यवस्था गरिएको र हाल रिक्त २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नयाँ नियुक्त हुने अधिकृतस्तरका कर्मचारीलाई पहिलो पदस्थापन स्थानीय तहमा हुने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

बिवरणको पूर्णपाठ

सङ्घीयता कार्यान्वयनमा यस मन्त्रालयको भूमिका विशेष रहन्छ। यस मन्त्रालयले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, तीनै तहमा सार्वजनिक सेवामा मानव संशाधन व्यवस्थापन, सेवा प्रवाह र सुशासन तथा स्थानीय पूर्वाधार विकासमा सहजीकरण लगातका काम गरिरहेको छ ।

यस सरकार गठन तथा म यस मन्त्रालयमा वहाल भएपश्चात १०० दिनमा यस मन्त्रालयबाट भएका मुख्य मुख्य कामको विवरण पत्रकार मित्रहरूलार्इ सुनाउ भनेर आजको कार्यक्रम  आयोजना गरिएको छ ।

  1. संघीय निजामति सेवालाई सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफलसुरु गरिएको ।
  • प्रस्तुत विधेयक आउनेअधिवेशनबाट स्वीकृत हुने गरी छलफललार्इ तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलार्इ अगाडि बढाइएको छ।
  1. स्थानीय तहलार्इ थप सवल एवम् क्रियाशिल बनाउने गरी कार्यविस्तृतिकरण प्रतिवेदनमा भएको थप व्याख्या सहितको परिमार्जनका विषय समटेर स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को संशोधन विधेयक मस्यौदामा अर्थ मन्त्रालयको राय सुझाव प्राप्त गरि संशोधन सहमतिको लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालय  पठाइएको छ।
  • संशोधनमाःअस्पष्ट भएका विषय, वडाको संङ्ख्या, सीमाना र केन्द्र हेरफेर, राजस्व अधिकारको थप स्पष्ठता, कार्यपालिका बैठकको कार्यविधि,जिल्ला समन्वय समितिको उपनिर्वाचन, प्रमुखअध्यक्ष तथा उपप्रमुखउपाध्यक्षको रिक्ततामा कार्यसम्पादन, स्थानीय तहमा पदाधिकारीको वैदेशिक भ्रमण, स्थानीय तहको व्यवस्थापन परीक्षण, वडा अध्यक्षको रिक्ततामा कार्यवाहक वडा अध्यक्ष हुने व्यवस्था मुख्य रूपमा समेटिएको छ।
  1. संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ले जिल्ला समन्वय समितिलार्इ दिएको भूमिकालार्इ थप प्रभावकारी बनाउने गरी ५५ वटा जिल्ला समन्वय समितिमा प्राविधिक जनशक्ति (इन्जिनियर) को व्यवस्था गरिएको ।
  2. स्थानीय तहको सिकाइ तथा असल अभ्यासको आदान प्रदान तथा उपलब्धीलार्इ एकीकृत गर्ने उद्देश्य सहित सबै स्थानीय तहको सहभागितमा हुने समिक्षात्मक कार्यशाला बागमती प्रदेशमा सम्पन्न गरिएको छ ।
  3. स्थानीय तहको सबल र दूर्बल पक्षहरुको पहिचान,विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने गरी स्थानीय तहको वित्तीय जोखिम, संस्थागत क्षमता विकास र आर्थिक विकास क्षेत्र समावेश गरी एकीकृत मुल्याङ्कन कार्यविधिको ढाँचा तयार गरिएको छ ।
  4. सार्वजनिक सेवालार्इ प्रभावकारी तुल्याउदै प्रशासकिय संगठनहरुका संरचनालार्इ कार्यबोझका आधारमासमयसापेक्ष परिवर्तन गर्ने सन्दर्भमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्तर्गतका दुतावास, नियोगहरु, शहरी विकास मन्त्रालय र अन्तर्गतका निकायहरु, हुलाक कार्यालयहरु तथा कारागार कार्यालय नुवाकोट समेतको संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य सम्पन्न गरी नेपाल सरकार (मन्त्रिपरिषद्‍) बाट स्वीकृत भएको छ ।
  • संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट समग्रमा २१० दरबन्दी कटौति गरिएको छ ।
  1. व्यवस्थापन तहमा जनशक्ति कमि हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय  श्रेणीका ४१५ पदमा पदपूर्तिको लागि लोकसेवा आयोगमा माग गरिएको छ।
  2. -उच्च व्यवस्थापन तहमा नेतृत्व विकास गर्न सहयोग पुर्‍याउने गरी २५ जना राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलार्इ तालिम प्रदान गरिएकोछ ।निजामती सेवा भित्र राम्रो कार्यसम्पादन भएका ४० जना कर्मचारीलार्इ उत्कृष्ठ निजामती पुरस्कार तथा निजामती पुरस्कार प्रदान गरिएकोछ।
  • स्थानीय तहमा आर्थिक अनुशासन, बजेट तथा कार्यक्रम प्रणालीमा सुधारमा सहयोग गर्ने गरी १८ वटा स्थानीय तहको मध्यकालिन खर्च संरचना तर्जुमामा सहजीकरण एवं पृष्ठपोषण प्रदान गरिएकोछ ।
  • सङ्घीयता कार्यान्वयनको सन्दर्भमा मार्गचित्र पहिचान हुने गरी ३ वटा सङ्घीयता सम्बन्धी संवाद श्रृङ्खला सञ्चालन गरिएको छ।
  • स्थानीय तहमा लामो समय देखि रहेको वडाको केन्द्र तथा सीमाना हेरफेरलार्इ सहज तरिकाले सहजीकरण गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएकोछ ।
  • नेपालमा रहेको कुपोषणलार्इ अन्त्य गर्न स्थानीयस्तरमा रहेर सहयोग गर्ने पोषण स्वयं सेवकको ४ वटा अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ।
  • स्थानीय तहको विकास व्यवस्थापनमा सहयोग र सहजीकरण गर्ने गरी १३ वटा स्थानीय तहमा जग्गा प्राप्ति  र ७ वटा स्थानीय तहलाई सरकारी जग्गा उपयोग तथा लिजमा उपलब्ध गराउन गरी म.प.मा प्रस्ताव पेश गरिएको र सम्बन्धित मालपोत कार्यालयमा सिफारिस गरिएको छ।
  • विपद् व्यवस्थापनमा स्थानीय तहलार्इ सहयोग र सहजीकरण गर्ने गरी समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन प्लेटफर्म [Community Based Disaster Risk Management (CBDRM) Platform] को दुर्इवटा बैठक सम्पन्न भएको छ।
  • स्थानीय सेवा प्रवाह, योजना तथा बजेट निर्माण, स्थानीय समस्या समाधानमा सहयोग पुग्ने गरी ४वटा स्थानीय तहको सहजीकरण गरिएको छ।
  • चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमना जोडिएका जिल्लाका स्थानीय तहमा पूर्वाधार निर्माण तथा बस्तुगत सहायता गर्ने गरी हिमाली क्षेत्र आयोजना सहायता कार्यक्रम(Project Aid to Nepal) सञ्चालनको कार्यविधि तयार गरिएको छ ।
  • भारत सरकारको सहयोगमा सञ्चालित हुने उच्च प्रभावयूक्त सामुदायिक पूर्वाधार विकास कार्यक्रमको १२ वटा परियोजना सञ्चालन गर्न त्रिपक्षीय समझदारी गरिएको छ।
  • सार्वजनिक निकायबाट भएको सेवा प्रवाहको मुल्याङ्कन गरी समग्र सरकारी निकायकोकार्यपद्धति सुधार गर्ने उद्देश्य ३ वटा संघीय निकायको सेवाग्राही सन्तुष्टि सवेक्षण सम्पन्न गरिएको छ ।
  • साविकमा रहेका बादी विकास समिति, दलित विकास समिति, पिछडा वर्ग विकास उत्थान समितिलाई खारेज गरी दलित, आदिवासी जनजाती तथा पिछडा वर्गलाई समेट्ने र तिनीहरुको सर्वाङ्गिण विकासका लागि प्राधिकरण गठन गर्ने नेपाल सरकारको नीतिगत प्रतिवद्धता बमोजिमको कार्य अगाडि बढाउन प्राधिकरण गठनको अवधारण निर्माण गरिएको छ ।
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट सरकारी एवं सार्वजनिक निकायका ६६४जना अधिकृत कर्मचारीलाई प्रशिक्षण कार्यक्रम सम्पन्न् गरिएको छ।
  • संघ, प्रदेश तथा स्थानीय तहका सहायकस्तरका २९० जनाकर्मचारीहरुका लागि ३० कार्यदिनको ९ वटा सेवाकालिन प्रशिक्षण कार्यक्रमबाट सम्पन्न गरिएको छ।
  • निजामति कर्मचारी अस्पतालबाट क्यानसर रोग उपचारको थालनी गरिएको छ।
  • राष्ट्रिय किताबखाना निजामतिको सेवालार्इ थप सहज र प्रभावकारी बनाउने गरी अनलाइन सेवाको बिस्तार र पुराना श्रेस्तालार्इ डिजिटल प्रति बनाइएको छ। निजामती कर्मचामरीको विद्युतिय अभिलेख सुरक्षीत गर्ने काम भएको छ ।
  • प्रमुख प्रशासकीय अधिकृत  रिक्त रहेका स्थानीय तहमा वरिष्ठ कर्मचारीलार्इ मात्र निमित्तदिने व्यवस्था गरिएकोछ । हाल रिक्त २३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्न नयाँ नियुक्त हुने अधिकृतस्तर कर्मचारीलार्इ पहिलो पदस्थापन स्थानीय तहमा हुने नीतिगत व्यवस्था गरिएकोछ।