वासिङ्टन डिसी, कात्तिक ७ । अर्थमन्त्री विष्णु पौडेल विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा भाग लिन यहाँ आइपुग्नु भएको छ ।
उहाँलाई डलेस अन्तरराष्ट्रिय विमानस्थलमा वासिङ्टनस्थित नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापासहित दूतावासका अधिकारीहरूले स्वागत गर्नु भएको थियो ।
अर्थमन्त्री पौडेलले आइएमएफ बैठकमा मन्तव्य व्यक्त गर्ने तथा त्यस क्रममा विभिन्न मुलुकका आफ्ना सकमकक्षीका साथै कोष र बैंकका अन्य अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । यस्तै उहाँले अमेरिकी उद्यमी–व्यवसायीहरुसँग पनि छलफल गर्ने कार्यक्रम छ । यसैगरी अमेरिकामा रहेका प्रवासी नेपालीलाई पनि भेटने कार्यक्रम रहेको छ ।
ओएनएफ सचिवालय सदस्य थापाले नेकपा एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री पौडेलको अमेरिका बसाईलाई नेपाल र नेपालीको हितमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर अमेरिकामा रहेका नेपाली समुदायले समेत तयारी गरिरहेको बताउनुभयो । उहाँका अनुसार अअर्थमन्त्री पौडेलेको अमेरिका बसाईका क्रममा मेरिकामा रहेका प्रवासी नेपालीसँग पनि बिशेष अन्तरक्रिया हुनेछ ।
प्रतिक्रिया दिनुहोस्