जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार ०९:४४

मौसम पूर्वानुमान : यस्तो छ तीन दिनको अवस्था


काठमाडौं, कात्तिक २ । मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा मध्य र पूर्वमा आंशिक बदली भइरहेको जनाएको छ । आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो देशभर बदली रही अपराह्नपछि पहाडी भुभागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

शनिबार राति देशको पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही पूर्वी र मध्य पहाडी भागका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य पहाडी भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने राति देशभर बदली रही मध्य, पूर्व र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार दिउँसो मध्य तथा पूर्वी भागमा बदली रही पश्चिमी भागमा आंशिक बदली रहने तथा पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना छ । बाँकी भागमा मौसम सफा रहनेछ । सोमबार राति मध्य तथा पश्चिमी पहाडी भागमा बदली रहनेछ । पूर्वी र मध्य पहाडी भागका केही स्थानमा क्षणिक वर्षा हुने तथा बाँकी भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।