जनता टाइम्स

११ कार्तिक २०८१, आईतवार ११:३३

सुनको मूल्य हालसम्मकै उच्च, ब्यवसायी भन्छन-अझै बढछ


काठमाडौं, कात्तिक ११ । साताको पहिलो कारोवार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतवारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला १४ सय रूपैयाँले बढेको हो । महासंघका अनुसार यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोवार भएको थियो ।

महासंघका अधिकारीहरुले मूल्य अझै बढने बताउँदै आएका छन । यस्तै आज चाँदीको मूल्य पनि १५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोवार भइरहेको महासंघले छ ।