जनता टाइम्स

१२ कार्तिक २०८१, सोमबार ०९:१८

अखिलको सह्रानीय काम, त्रिपुरेश्वरका सुकुम्वासीलाई काठमाडौं महानगरको बेवास्ता गर्दा गर्यो राहत वितरण


काठमाडौं, कात्तिक १२ । त्रिपुरेश्वरस्थिति बाढी प्रभावित सुकुम्वासी बस्तीका पीडितलाई नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले राहत सामाग्री वितरण गरेको छ ।

विभिन्न दाताहरूबाट सहयोग सङ्कलन गरी अनेरास्ववियु काठमाडौं बाढी पीडितलाई सहयोग उपलब्धि गराएको हो । अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका उपाध्यक्ष अमन केसीको नेतृत्वमा त्रिपुरेश्वरस्थित सुकुम्वासी बस्तीमा ८० रुपैँया हजार बराबरको राहत सामाग्री वितरण गरेको छ ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमल्सिनाका अनुसार सहयोग सङ्कलन र राहत वितरण कार्यक्रममा संगठनका सचिव सचिव सिरिस पौडेल लगायतका नेता कार्यकर्ताहरू खट्नु भएको थियो । नेपालको चर्चित मोटो भ्लगर एमआरबी भ्लग र सुरक्षा केसीले राहत वितरणको लागि आर्थिक सहयोग गर्नुभएको थियो ।

गत असोज ११ र १२ गते आएको अविरल वर्षाको कारण आएको बाढीले सुकुम्वासी बस्तीमा क्षति पुर्याएको थियो । सुकुम्वासी बस्तीमा बाढीले थुपारेको फोहोर सफा गर्ने तथा पीडितलाई राहत लगायतका सहयोग गर्ने कुरामा काठमाडौं नगरपालिकाले हालसम्म कुनै चासो देखाएको छैन । महानगर कानमा तेल अनि आँखामा पट्टी बाँधेर बसेको बेला अखिलले पीडिाको घाउमा मल्हम लगाएको हो ।