जापान, कात्तिक १२ । प्रवासी नेपाली मञ्च (ओएनएफ) जापान क्युस्यू क्षेत्रीय कमिटीको अध्यक्षमा रोशन दाहाल निर्वाचित हुनुभएको छ । यही अक्टोबर २७ तारिक आइतवार जापानको फुकुओका शहरमा सम्पन्न भएको चौथो अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा टिकाराम खरेल, सचिवमा दामोदर वस्ती, उपसचिवमा निमु क्षेत्री र कबिता लामिछाने तिमल्सिनालाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा रबिन खडका, रमेश दुलाल, प्रकाश तिवारी, राजकुमार परियार, श्रबण क्षेत्री र कुश्माखर न्यौपानेलाई चयन गरेको छ ।
अधिवेशनमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सदस्य एवं जापान इञ्चार्ज सुरेश केसी, अन्तराष्ट्रिय कमिटी सदस्य एवं मलेसिया इञ्चार्ज डा. सरोज कँडेल, जापानका अध्यक्ष कुलचन्द्र खरेलले बिशेष मन्तब्य राख्नुभएकोथियो ।
यसैगरी प्रवासी नेपाली मञ्च जापानका उपाध्यक्ष बाबुराम भण्डारी, सल्लाहकार कमलराज पाण्डे, एमाले स्यांजा चापाकोट १ का अध्यक्ष भुपराज वस्ती, नेपाली मञ्चका क्यूस्यू इञ्चार्ज पुरुषोत्तम सिग्देल, मञ्चका क्यूस्यू कमिटीका पूर्वसचिव बलराम उपाध्याय र सल्लाहकार नानीमैया तमाङले आफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका उपाध्यक्ष देवराज उप्रेती (एनआरएनए जापान क्यूस्युका भीमबहादुर गुरूङ, जनप्रगतिशिल मञ्च क्यूस्युका भीम बुढाथोकी, जनसम्पर्क समितिका कृष्णहरी पाठक, हाम्रो नेपाल हामी नेपाली अभियन्ता धर्मराज अधिकारी, एनआरएनए आईसिसी सदस्य छत्र दाहाललगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो
यसैगरी अधिवेशनलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा, नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रवासी नेपाली मञ्च पूर्वीएशिया र ओसियाना इञ्चार्ज डा. सूर्य पाठक, मञ्चका सचिवालय सदस्य एवं पूर्वीएशिया महादेश कमिटीका इञ्चार्ज भक्त गुरूङले लिखित शुभकामना पठाउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्