जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार १५:५७

‘प्रदेशबाट अपाङ्गता उन्मूलन गरिने’


विराटनगर, कात्तिक २

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यकमको आज यहाँ शुभारम्भ गर्नुभएको छ । उहाँले विराटनगर उपमहानगरपालिका–५ स्थित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुभएको थियो । उहाँले लक्षित वर्गलाई अभियानमा सहभागी बनाउन सहयोग पु¥याउन सबैसँग आग्रह गर्नुभयो ।

मन्त्री घिमिरेले प्रदेशबाट चार वर्षभित्र अपाङ्गता उन्मूलनका लागि तीन वर्षभित्र १३७ स्थानीय निकायमा केन्द्र स्थापना गरिने र यसको शुरुआत यस वर्ष २७ स्थानबाट गरिने जानकारी गराउनुुभयो । उहाँले विगतमा औलो, पोलियो र विफरजस्ता रोगको उन्मूलन भएजस्तो रोग लाग्न नदिन प्रदेश सरकारले चलाएको अभियानलाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

आज र भोली छ महीनादेखि पाँच वर्षसम्मका मोरङमा एक लाख नौ हजार बालबालबालिकालाई भिटाभिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका ९७ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने प्रदेशका जिल्ला स्वास्थ्य कार्यक्रम अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा कुपोषणग्रस्त भएका छ महीनादेखि २३ महीनासम्मका बालबालिकाको पाखुरा नापी ‘बालभिटा’ (सुष्मपोषक तत्व) चक्की दिनको एकका दरले दुई महीनासम्म खुवाउन वितरणको व्यवस्था गरिएको छ ।