रसुवा, कात्तिक, १४ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ ।
असोज ११ र १२ गते परेको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । रसुवा भन्सार कार्यालयले दिएको जानकारी अनुसार मङ्गलबार सो नाकाबाट चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा छ ।
भन्सार कार्यालयले जनाएअनुसार मंगलवार केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन।
राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली पनि घटेको छ । नाका बन्द हुँदा दुई अर्ब ५० करोड राजस्वमा ह्रास आएको भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्