पत्नी सुरक्षा अधिकारीसहित १२ जनालाई पक्राउ गरी संगठित रूपमा सहकारी ठगीको अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले अनुमति दिएपछि रास्वपा सहमहामन्त्री बिपिनकी काण्ड भण्डाफोर भएको हो ।
काठमाडौं, कात्तिक १४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिनकुमार आचार्य पनि सहकारी ठगीकै धन्दामा लागेको तथ्य उजागर भएको छ । रास्वपा सहमहामन्त्री आचार्यकी पत्नी सुरक्षा अधिकारीसहित १२ जनालाई पक्राउ गरी संगठित रूपमा सहकारी ठगीको अनुसन्धानका निम्ति रूपन्देही जिल्ला अदालतले अनुमति दिएपछि यो तथ्य उजागर भएको हो ।
आचार्य अहिले सभापति रबि लामिछानेलाई बिना अनुसन्धान छाडेर सहकारी ठगीको मुद्दा ढिसमिस पार्नुपर्ने भन्दै सडकमा नारा जुलुस गरिरहनुभएको छ । तर उहाँकै पत्नी सुरक्षालाई पक्राउ गरी संगठित अपराधमा समेत अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा अधिकारीमाथि अनुसन्धान गर्न अदालतले बिहिबार अनुमति दिएको हो । आचार्यपत्नी सुरक्षासहित सोही मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशीलाई पनि पक्राउको अनुमति दिइएको छ ।
आचार्यले स्थापना गरेको नोबडी प्रोडक्सन सुरक्षा अधिकारीका नाममा रहेको छ । सो कम्पनी सुरक्षाको नाममा स्थापना गरिएको भए पनि हर्ताकर्ता भने पति विपिनकै थियो । सुरक्षाजीको कुनै भूमिका थिएन । सबै काम विपिन आफै गर्दै आउनु भएको सोही कम्पनीका कर्मचारीले बताइसकेका छन । बिपिनले सहकारीको धेरै पैसा चलाउनुभएको समेत उजुरी परेको छ । आचार्यले धिताल थरकी एक युवतीको बैंक खातामा लाखौँ रकम जम्मा गरिदिएको समेत उजुरीमा उल्लेख छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीसम्बन्धी अनुसन्धानका क्रममा पनि कास्की प्रहरीले आचार्यसँग बयान लिएको थियो । त्यसअघि सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पनि सोधपुछ गरेको थियो । रबिसँगै सो समुहमा रहेर काम गर्नुभएक बिपिन आफू पनि जेल पुग्ने भयले सडकमा सहकारी ठगी रोक्न सक्रिय भए पनि उन्मुक्ति पाउन नसक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्