काठमाडौं, कात्तिक १६ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले आजबाट लागू हुने गरी डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको हो।
इण्डियन आयल कर्पोरेशनबाट बिहीवार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.२५ रुपैयाँ र डिजेलमा १.०४ रुपैयाँले घटेर तथा मट्टितेलमा २.२४ रुपैयाँ, हवाई इन्धनमा ३.२३ रुपैयाँ र एलपि ग्यासमा प्रतिसिलिण्डर ५.७० रुपैयाँले बढेर आएको नेपाल आयल निगमले जनाएको छ।
आयल निगमले हवाई इन्धन र एलपि ग्यासको मूल्य बढेर आएपनि आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई यथावत राखिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्