जनता टाइम्स

१६ कार्तिक २०८१, शुक्रबार २१:१२

प्रवासी नेपाली मञ्चको देउसी-भैलोले भुलायो मातृभूमि नहुँदाको पीडा


काठमाडौं, कात्तिक १६ । नेपालीहरुको महान चाड तिहार प्रवासमा पनि धुमधामका साथ मनाइएको छ । बाध्यतामा परेर बिदेशी भूमिमा पुगेका नेपालीले तिहारको अवसरमा नेपाली संस्कृतिको जगेर्ना गर्दै मनाएका छन ।

यही क्रममा कतारमा रहेका नेपालीहरुले तिहारको अवसरमा देउसी भैला आयोजना गरी प्रवासको पीडामा मल्हम लगाउने काम गरेको छन । प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारले यो अवसर जुराएको हो ।

ओएनएफ अन्तराष्ट्यि कमिटीका उपसचिव चानक पोखरेलका अनुसार कतारमा रहेका नेपाली एक आपसमा भेला भई समदायको बीचमा देउसी भैलो आयोजना गरी नेपाली संकृति चिनाउने प्रयाश गरिएको हो । उपसचिव पोखरेलका अनुसार कतारमा आफ्नो ब्यवसाय गर्दै आउनुभएका ब्यवसायी र श्रमिक मिलेर देउसी भैला कार्यक्रम आयोजना गरी खुसी साटासाट गरिएको छ ।

यसक्रममा नेपालसंघ कतारका अध्यक्ष महेन्द्र चौलागाई, ब्यवसायी नबिन छन्त्यालसहित आधा दर्जन ब्यक्तिको घरमा देउसी भैलो खेलिएको छ । ओएनएफ कतारले यस बर्ष तिहारमा ३ दिनसम्म देउसी भैलो कार्यक्रम गरी सवै नेपालीलाई बिदेशी भूमिमा रहनु पर्दाको पीडा भुल्न प्रयाश गरेको पोखरेलले बताउनु भयो ।