जनता टाइम्स

३ कार्तिक २०७६, आईतवार ०९:२२

मौसम पूर्वानुमान : यी क्षेत्रमा पर्छ आज पानी


काठमाडौं, कात्तिक ३ । मौसम पूर्वानुमान महाशाखाले नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । आइतबार राति देशभर सामान्य बदली रही मध्य, पूर्व र पश्चिमका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।सोमबार दिउँसो मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भागमा आंशिक बदली रहने तथा मध्य र पूर्वी पहाडका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । सोमबार राति पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । देशको पहाडी भू–भागका एकदुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना छ ।

त्यस्तै मंगलबार दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही तराईमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडका एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ । मंगलबार राति पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका एकदुई स्थानहरूमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ