जनता टाइम्स

२१ कार्तिक २०८१, बुधबार ११:३९

सरकार परिवर्तनसँगै धमाधम समातिन थाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुन तस्कर


काठमाडौं, कात्तिक २१ । अघिल्लो सरकारले संस्थागत रुपमा तस्करीलाई प्रात्साहन दिएको कारण उच्च मनोवलका साथ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट हुने गरेको सुन तस्करी क्रमशः नियन्त्रणको बिन्दुमा पुगेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भई कांग्रेस नेता रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने गरेको तस्करीको धन्दामा लगाम लागेको हो । यही क्रममा ५ किलो ७ सय ग्राम सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन ।

सोमबार साँझ एयर अरेबियाको उडान नम्बर जि ९५३० मा सारजाहबा काठमाडौं आएका तीन चिनियाँ नागरिक सुनसहित पक्राउ परेका हुन। उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करीब ५ किलो ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा झियानझोङ र म्यानमारका साट नेइङ टुन र एइ एनगोन फू रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। डिएसपी थापाका अनुसार सुनसहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

यसअघिका गृहमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रबि लामिछानेको समयमा बिमानस्थलमा खुलेयाम सुन तस्करी हुने गरेको थियो । चिनिया तस्करले सत्तारुढ नेकपा माओवादीकै नेताहरुको संरक्षणमा सुन तस्करी गर्दै आएको तथ्य यसअघि नै खुलिसकेको छ ।