जनता टाइम्स

२१ कार्तिक २०८१, बुधबार १२:५९

ओएनएफ डेनमार्कले प्रवासी नेपालीबीच धुमधामका साथ सम्पन्न गर्यो देउसी भैलो कार्यक्रम


डेनमार्क, कात्तिक २१ । प्रवासी नेपाली मञ्च डेनमार्कले कोपेनहेगनमा धुमधामका साथ देउसी भैलो कार्यक्रम गरेको छ । कोपेनहेगन तथा आसपास क्षेत्रको विभिन्न ठाउँहरुमा नेपाली चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रममा डेनमार्कमा बसोवास गर्ने नेपाली महिला तथा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । यो उपस्थितिले प्रवासमा नेपाली कला र संस्कृतिको संरक्षण गर्ने संस्थाको पवित्र उद्देश्यमा ठूलो योगदान पुर्याएको अध्यक्ष राघवेन्द्र प्रताप सिं कार्की (रोबिन) ले बताउनु भयो ।

अध्यक्ष कार्कीले सम्पूर्ण नेपाली समाजप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि नेपाली कला र संस्कृति जगेर्ना तथा नेपाली मनहरूलाई जोड्ने कार्यमा संस्था निरन्तर अघि बढ्ने प्रतिवद्धतासमेत जनाउनु भएको छ । संस्थाको कला, साहित्य तथा सांस्कृतिक विभागका प्रमुख किरण दीपको नेतृत्वमा गायन, नृत्य र बाद्दबादनमा अत्यन्त्यै प्रभावसाली कलाकारहरुको टोलीसहित लाईभ गीत, संगीत र नृत्यहरुको पृथक तथा उत्कृष्ट प्रदर्शन गरिएको सांस्कृतिक देउसी टोलीले नीरज कठायतको घरबाट देउसी–भैलो सुरु गरेको थियो ।

पहिलो उक्त दिन ईसोए कम्युन मा बस्ने नेपालीहरुले आयोजना गरेको सामुहिक देउसी भैलोमा जोडदार प्रस्तुतीसहित, कोपनहेगनका बिभिन्न सहरहरुमा देउसी खेल्दै बेल गुरुङ (भ्याल्वी)को घरमा कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।

यस्तै दोस्रो दिन मन्चका संस्थापक अध्यक्ष घनश्याम गौतमको घरबाट सुरु भएको देउसी भैलो कोपेनहेगन नगर परिषद सदस्य हरि नेउपानेको घर हुदैँ मन्चमा आबद्ध अग्रजहरु, निवर्तमान अध्यक्ष, सचिव र मन्चका सदस्य तथा समर्थकहरुको घरआगन हुँदै जन सम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेतको घर हुसुममा, जनसम्पर्क समिति डेनमार्कका पदाधिकारी तथा सदस्यहरु, एनआरएनए डेनमार्कका महासचिव नबिन आचर्य सम्मिलित देउसी–भैलो टोली संग सामुहिक रुपले देउसी भैलो खेल्दै कार्यक्रमको समापन गरिएको ओएनएफ डेनमार्कका संगठन विभाग प्रमुख तथा देउसी–भैलो कार्यक्रमका इभेन्ट म्यानेजर सुरेश पुनले बताउनु भयो ।