काठमाडौं, कात्तिक २७ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बोर्ड बैठकले लाइन काटिएको उद्योगमा बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बताउनु भयो । आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।
प्राधिकरणले कात्तिक ८ गते डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरको उद्योगको बिजुली काटेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा प्राधिकरण सञ्चालक समितिले निर्णय गरेसँगै वक्यौता नतिरेर लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने मन्त्री खडकाले बताउनु भयो ।
प्राधिकरण सञ्चालक समिति बैठकले मन्त्रिपरिषदको निर्णयअनुसार १५ दिनभित्र बिलअनुसारको बक्यौता असुल गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्