जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार १३:००

स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री ओलीले खोले मुख


काठमाडौं, कात्तिक ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे पहिलो पटक मुख खोल्नुभएको छ । आफ्नो स्वास्थ्यको बिषयलाई लिएर पटक–पटक जिज्ञासा हुन थालेपछि प्रधानमन्त्री ओलीले एक दैनिक पत्रिकामा दिनुभएको अन्तरवार्तामार्फत आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेपनि अहिक बढी खटेर काम गर्नेको सूचीमा नै रहन चाहेको प्रष्ट पार्नुभएको छ ।

जेल जीवनदेखि नै आफ्नो स्वास्थ्य कमजार रहेपनि ४५÷४६ बर्ष निरन्तर खटेर काम गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अव पनि निरन्तर खटेर खाक गर्ने बताउनु भएको छ । ‘अलिबढी खटेर नतिजा निकाल्नुपर्ने मानिसकै सूचीमा बस्न रुचाउने भएकाले अहिले पनि निरन्तर खटी नै रहेको छु,’ अन्नपुर्ण दैनिकलाई दिनुभएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भन्नुभएको छ । उहाँले आफ्नो जीवनको झन्डै–झन्डै एउटा पाटोमा स्वास्थ्यको विषय पनि आएको भन्दै प्रधानमन्त्री ओलीले जेल पर्दादेखि नै अस्वस्थ भएको प्रष्ट पार्नुभएको छ ।

‘जेल जीवन पूरै बिरामी भएरै बित्यो । त्यसपछि पनि म बिरामी परि नै रहें, हुँदाहुँदा मिर्गौलाले काम गर्न छाड्यो । त्यहीअनुरूपको उपचारमा संलग्न रहनुपर्यो । कहिले निमोनिया हुने त कहिले मेनेन्जाइटिस हुँदै मुटुमा ‘स्टन’ राख्नुपर्ने अवस्थासम्म आयो,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । पहिलेदेखि नै स्वास्थ्य धेरै राम्रो भएको मानिस आफू नरहेको पनि उहाँको भनाई छ । ‘स्वास्थ्यस्थिति कमजोर हुँदाहुँदै पनि ४५÷४६ वर्ष लगातार काममा लागिरहें । अहिले पनि काम गरिरहेको छु । स्वास्थ्य अवस्था कमजोर नै छ तर चलिरहेको छु, गरिरहेको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

आम नागरिकमा यहाँको स्वास्थ्यप्रति चासो छ, अवस्था के हो ? भन्ने प्रश्नमा यस्तो छ प्रधानमन्त्री ओलीको जवाफ

मेरो जिन्दगीको झन्डै–झन्डै एउटा पाटोमा स्वास्थ्यको विषय पनि आएको छ । म जेल पर्दादेखि नै अस्वस्थ भएको हुँ । जेल जीवन पूरै बिरामी भएरै बित्यो। त्यसपछि पनि म बिरामी परि नै रहें। हुँदाहुँदा मिर्गौलाले काम गर्न छाड्यो। त्यहीअनुरूपको उपचारमा संलग्न रहनुर्पयो। कहिले निमोनिया हुने त कहिले मेनेन्जाइटिस हुँदै मुटुमा ‘स्टन’ राख्नुपर्ने अवस्थासम्म आयो। पहिलेदेखि नै स्वास्थ्य धेरै राम्रो भएको मानिस म होइन। स्वास्थ्यस्थिति कमजोर हुँदाहुँदै पनि ४५÷४६ वर्ष लगातार काममा लागिरहें। अहिले पनि काम गरिरहेको छु। स्वास्थ्य अवस्था कमजोर नै छ तर चलिरहेको छु, गरिरहेको छु। म अलिबढी खटेर नतिजा निकाल्नुपर्ने मानिसकै सूचीमा बस्न रुचाउने भएकाले अहिले पनि निरन्तर खटी नै रहेको छु।