रौतहट, मंसिर ६ । रौतहटको सदरमुकाम गौरमा नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ ।
गौरस्थित राईस मिलको बाटोमा प्रहरी गस्ती टोलीद्धारा चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका–१ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई छिपाई राखेको ५ सय दरको नेपाली नोट २०० थान र १ हजार दरको नेपाली नोट ५ सय थान गरी कुल ६ लाख नेपाली रुपैयाँ, १ थान मोबाइलसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताउनुभयो ।
बरामद रकमको श्रोत खुलाउन नसकेकोले रकमसहित पक्राउ परेका जयसवाललाई रौतहट जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्