जनता टाइम्स

२३ बैशाख २०७६, सोमबार १८:१५

बाबुराम-उपेन्द्रले बनाए जम्बो पदाधिकारी (सूचीसहित)


काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भई गठन भएको समाजवादी पार्टी नेपालले जम्बो पदाधिकारी बनाएको छ । दुवै दलका नेता ब्यवस्थापन गर्न सो पार्टीले एकतासँगै २५ सदस्यीय पदाधिकारी गठन बनाएको हो ।

नवगठित पार्टीमा डा बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै जना अध्यक्ष हुनुभएको छ । पार्टीमा २५ सदस्यीय पदाधिकारी चयन गरिएको छ। जस अन्तर्गत डा बाबुराम भट्टराई संघिय परिषद् अध्यक्ष र उपेन्द्र यादव अध्यक्ष रहनुभएको हो । त्यस्तै अशोक राई वरिष्ठ नेता चयन हुनुभएको छ भने राजेन्द्र श्रेष्ठ सहअध्यक्ष छानिनुभएको छ ।

यसैगरी उपाध्यक्षमा नमराज सुवेदी, लालबाबु राउत, हिशिला यमि, रेनु यादव, रकम चेम्जोङ, परशुराम खापुङ, युबराज कार्की र हेमराज राई चयन हुनुभएको छ । महासचिवमा गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङवा, र रामसाहायक यादव चयन हुनुभएको छ । यस्तै उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा र प्रकाश अधिकारी चयन गरिएको छ ।

सो पार्टीले सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोब, विजय यादव, परशुराम बस्नेत र प्रशान्त सिंहलाई चयन गरेको छ भने कोषाध्यक्ष खाली राखी अन्य २ जना सचिवपछि मात्र थप गर्ने बताएको छ ।