अमेरिका, मंसीर १२ । प्रवासी नेपाली मञ्च अमेरिका अन्तर्गतको न्यूयोर्क राज्य कमिटीको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
प्रवासी नेपाली मञ्च अन्तराष्टिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत रुपमा बलभद्र खडायतलाई अध्यक्षमा चयन गरेको छ । अधिवेशनले उपाध्यक्ष इश्वरी मास्के, सचिवमा शम्भु राईलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा अनुज लामिछाने, दिलीप श्रेष्ठ, सुजी गुरुङ, अक्कल तामाङ, वाङजु शेर्पा, सुवास गौडेल, निशा ढुङगाना र वावुराम शर्मा चयन हुनुभएको छ । अधिवेशनलाई प्रमुख अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्यि कमिटीका अध्यक्ष सञ्जय थापा, अन्तराष्ट्रिय कमिटीका सदस्य तथा महिला बिभाग प्रमुख कुन्ती थापा, अमेरिका अध्यक्ष कृष्ण लामिछाने, अन्तराष्ट्रिय कमिटीका सल्लाहकार फुरी शेर्पाले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनका क्रममा अध्यक्ष थापासहितका बक्ताहरुले प्रवासी नेपाली मञ्चको अवको याजनाबारे प्रष्ट पार्नुभएको थियो । यस्तै अधिवेशनलाई अधिवेशनलाई प्रवासी नेपाली मञ्च अमेरिका महादेश कमिटीका सदस्य अशोक कार्कीसहित दोलखा समाजका अध्यक्ष भोज थोकर, धादिङ समाजका उपाध्यक्ष सागर अधिकारी, गोरखा समाजका अध्यक्ष ख्याम भट्ट, गैरआवासीय नेपाली संघ न्यूयोर्कका उपाध्यक्ष लक्ष्मी थापा, अन्तर्राष्ट्रिय तामाङ समाजका उपसचिव लक्यन लामा, लङग आईल्यण्ड नेपाली समाजका महासचिव राजेन्द्र कार्की र जमैका नेपाली समाजका अध्यक्ष कृष्ण आचार्यले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्