जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार ०८:१६

आलममाथि १२ वर्षअघि नै प्रहरीले सर्वस्वसहित जन्मकैदको मागदाबी गरेको खुलासा


 

काठमाडौं,  कात्तिक ५ । कांग्रेस सांसद् मोहम्मद अफताब आलममाथि १२ वर्षअघि नै प्रहरीले सर्वस्वसहित जन्मकैदको मागदाबी गरेको छ ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नरहेको बताएका छन् । तर, १२ वर्षअघि नै प्रहरीले मोहम्मद अफताब आलममाथि सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने मागदाबी गरेको खुलासा कान्तिपुरले गरेको छ ।

कान्तिपुरका अनुसार ०६४ चैत २७ गते राति विस्फोटमा घाइते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुरसम्बन्धी प्रहरी अनुसन्धान प्रतिवेदनमा आलमसहितका आरोपीमाथि सर्वस्वसहित जन्मकैदको सजाय मागदाबी लिएर प्रहरी जिल्ला सरकारी वकिलको कार्यालय पुगेको पाइएको छ ।

प्रहरीले दोषीमाथि कानूनी प्रक्रिया अघि बढाए पनि प्रतिवेदन तथ्य र प्रमाणभन्दा बाहिर गएर बनाइएको तर्क गर्दै सरकारी वकिल कार्यालयले अदालतसम्म नपुर्याई अभियुक्तहरूलाई उन्मुक्ति दिएको थियो । यसरी उन्मुक्ति दिनुमा तत्कालीन सरकार जिम्मेवार रहेको समाचारमा उल्लेख छ ।