जनता टाइम्स

१५ मंसिर २०८१, शनिबार १३:५०

एनपिएल : खेलाडी ललितले लिए पहिलो विकेट


काठमाडौं, मङ्सिर १५ । नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो विकेट लिने खेलाडी ललित राजवंशी बनेका छन् । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा आज भएको पहिलो खेलमा जनकपुर बोल्टस्का बलर राजवंशीले विराटनगर किङ्ग्सका ब्याटर लोकेश बमको विकेट लिएका हुन् ।

ललितले एनपिएलको पहिलो बलमै लोकेशको विकेट लिएका हुन् । यस्तै एनपिएलमा पहिलो चौका प्रहार गर्ने खेलाडी लोकेश बनेका छन् । लोकेश छ बलमा एक चौकासहित पाँच रन बनाएर आउट भएका छन् ।