विराटनगर, मङ्सिर १५ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सामाजिक एकता कायम गर्न भाषा–संस्कृतिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
मैथिली एशोसिएसन नेपालद्वारा आज यहाँ आयोजित ‘मान इन्टरनेशनल अवार्ड’ कार्यक्रममा उहाँले मान–सम्मानको परम्पराले समाजमा एकता एवं सद्भाव अभिवृद्धि गर्न मद्दत मिल्ने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सबैको मान–सम्मान गर्नुपर्नेमा जोड दिँदै आफूले पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ भन्नुभयो ।
उहाँले बहुभाषिक हाम्रो मुलुकका विविध मातृभाषाका समाचार र विचार सम्प्रेषणलाई प्राथमिकता दिँदै राससले आफ्नो सेवामा मैथिली भाषालाई समावेश गरेको बताउनुभयो । एशोसिएसनका अध्यक्ष प्रवीननारायण चौधरीको अध्यक्षतमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष झालाई सम्मान गरिएको थियो । साथै नेपाल र भारतका एक सय १० जनालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्