काठमाडौं, मंसिर १५ । काठमाडौंको तारकेश्वरस्थित शेषमतिमा बसबाट खसेर दुई जनाको मृत्यु भएको छ । सीट क्षमताभन्दा बढी यात्रु बोकेको तारकेश्वर यातायातको बा ४ ख ७१११ नम्बरको बसबाट खसेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् ।
एकजना घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । शनिबार विहान लामबगरबाट बालाजुतर्फ गइरहेको उक्त बसबाट शेषमति पुग्दा तीन यात्रु बाटोमा झरेका थिए । उक्त बस बाटोमा रोकिएको बा ३ क १६६६ सँग ठोक्किदा दुर्घटना भएको ट्राफिक कार्यालय बालाजुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्