जनता टाइम्स

५ कार्तिक २०७६, मंगलवार १४:१६

तिहारको यो गीतले पक्राउ परे ‘बीच्च बीच्चमा’ गीतबाट हिट बनेका गायक दुर्गेश थापा


काठमाडौं, कात्तिक ५ । गायक दुर्गेश थापालाई पक्राउ परेका छन । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।

सोही उजुरीपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै गायकलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिनुभयो । दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखाको ल्याइएको छ । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग भएका छन् । उक्त गीत हटाउनुपर्ने माग गर्दै जिल्ला प्रशासनमा उजुरी परेको हो । केही अगाडि सार्वजनिक गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

तीजको समय ‘बीच्च बीच्चमा’ बोलको गीत निकालेर चर्चामा आएका दुर्गेशको यो गीतबाट प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै’ को प्रमोशन गीत नै बनाइएको छ । प्रहरीले अनुसन्धान गरी समाजमा बिकृती फैलाउने बिषयलाई रोक्न खोजेको बताएको छ ।