जनता टाइम्स

१८ मंसिर २०८१, मंगलवार १४:०७

यी हुन नेपाल-चीनबीच भएको टोखा-छहरे सुरुङ मार्गदेखि व्यापार अभिवृद्धिसम्मको ८ बुँदे सहमति


काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ८ बुँदे सम्झौतापत्रमा आज हस्ताक्षर भयो । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लि छ्याङबीच भएको वार्तापश्चात सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दुई प्रधानमन्त्रीबीच द्विपक्षीय हितका विविध विषयमा विस्तृत छलफल भएको जानकारी दिनुभयो ।

ढकालका अनुसार कनेक्टिभिटी, औद्योगिक विकास, पूर्वाधार विकास, स्वास्थ्य सेवा, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान प्रविधि, खेलकुद, प्राकृतिक प्रकोप, जनसम्बन्धलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

यी हुन सहमति

१. टोखा-छहरे सुरुङ मार्गसम्बन्धी पत्रको आदानप्रदान

२. नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र

३. नौतले बसन्तपुर दरवार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४. प्रशोधित राँगाभैंसीको मासु निर्यातसम्बन्धी प्रोटोकल

५. विकास योजनासम्बन्धी समझदारीपत्र

६. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र

७. नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

८. स्वयम्‌सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र

९. नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्र ।