जनता टाइम्स

१८ मंसिर २०८१, मंगलवार १७:३२

इन्धनको मूल्य बढेसँगै बढ्यो हवाई भाडा, कुन रुटको कति ? (सूचीसहित)


काठमाडौं, मंसिर १८ । इन्धनको मूल्य बढेसँगै आन्तरिक हवाई भाडा बढाइएको छ ।

नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएपछि हवाइ भाडा बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मंगलबार भाडा बढाउने निर्णय गरेको छ । बढेको भाडा बुधवार अर्थात मंसिर १९ गतेदेखि लागू हुनेछ ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । यस्तै काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ । त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।