जनता टाइम्स

१८ मंसिर २०८१, मंगलवार २१:०५

प्रधानमन्त्री ओलीको चीन भ्रमण : नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने चिनियाँ राष्ट्रपति सीको घोषणा


बेइजिङ, मंसिर १८। चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलवार भएको भेटबार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गर्नुभएको हो ।

चिनीया राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको मंगलवार दिउसो भेटवार्ता भएको थियो । सो पश्चात नेपाललाई चीनले ५ सय मिलियन आरएमबी (करिब ९ अर्ब रुपैयाँ) सहयोग गर्ने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

भेटबार्ताको क्रममा प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ भने राष्ट्रपति सीले अनुकुल समय मिलाएर नेपाल भ्रमणमा आउने जानकारी दिएको प्रवक्ता ढकालले बताउनु भयो ।