जनता टाइम्स

२९ मंसिर २०८१, शनिबार १२:१२

पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा दर्नाल विजयी


सोलुखुुम्बु, मङ्सिर २९ । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको अध्यक्षमा राससकर्मी सुवास दर्नाल विजयी हुनुभएको छ । शुक्रबार बेलुका सम्पन्न मतगणनाअनुसार प्रतिष्पर्धि दिलबहादुर राईलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

निर्वाचन अधिकारी नारायणकुमार श्रेष्ठका अनुसार दर्नालले १६ मत प्राप्त गर्दा राईले १५ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा धनबल राई, महिला उपाध्यक्षमा गार्डेन राई, कोषाध्यक्षमा अमृत थुलुङ (राई), सचिवमा अञ्जु कार्की र सहसचिवमा डिल्ली शर्मा निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यहरूमा मोतिराम रसाइली, प्रवीण राई, मिलन नाछिरिङ, पवित्रा राई, सुनिल गुरुङ, सविना राई र अर्जुनकुमार मण्डल निर्वाचित हुनुभएको छ । १३ वर्षदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय दर्नाल राससका सोलुखुम्बु संवाददाता हुनुहुन्छ । उहाँ हिमाल एफएम सोलुखुम्बुका प्रबन्धक पनि हुनुहुन्छ । सोलुखुम्बुमा प्रेस युनियनले १७ वर्षपछि जित हासिल गरेको हो ।