जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०९:२३

मौसम पूर्वानुमान : आज पनि बर्षाको संभावना, यात्रा गर्दा सतर्कता अपनाउन सुझाव


काठमाडौं, कात्तिक ६ । मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी–मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावका कारण नेपालको मौसममा बदली आएको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेकोले ती स्थानमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो देशभर आंशिक बदली रहने जनाएको छ । मध्य र पूर्वी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना महाशाखाको भनाई छ । महाशाखाका अनुसार बुधबार राति देशभर आंशिक बदली रहनेछ । मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ ।

त्यस्तै बिहीबार दिउँसो देशभर बदली रहनेछ । मध्य, पूर्वी र पश्चिमी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ । बिहीबार राति पनि देशभर बदली रही मध्य, पूर्वी तथा पश्चिमी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ ।

त्यस्तै शुक्रबार दिउँसो देशभर आंशिक बदली रही मध्य र पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ । शुक्रबार राति देशभर बदली रही मध्य र पूर्वी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च हिमाली भागमा हल्का हिमपातको संभावना रहेको महाशाखाको पूर्वानुमान छ ।