जनता टाइम्स

६ कार्तिक २०७६, बुधबार ०९:३१

कांग्रेस नता कँडेलविरुद्ध अपहरण मुद्दा


काठमाडौं, कात्तिक ६ । दोहोरो नागरिकता विवादमा मुछिएका कांग्रेस नेता देवेन्द्रराज कँडेलविरुद्ध भारतमा पनि अपहरण मुद्दा पनि चलिरहेको पाइएको छ । कँडेलबिरुद्ध उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोपमा मुद्दा चलेको तथ्य बाहिर आएको हो ।

भारताको चर्चित पत्रिका हिन्दुस्तान दैनिकका अनुसार चार वर्षअघि उज्ज्वल नेपाल आएका वेला कँडेलको योजनामा नवलपरासीबाट उनको अपहरण गरिएको थियो । कँडेलसहित पाँचजनाविरुद्ध उज्ज्वलकी पत्नी सुनिता सिंहले भारतीय प्रहरीको महाराजगन्ज तहसिलमा जाहेरी दिएकी थिइन् । अहिले त्यो मुद्दा इलाहावाद हाइकोर्टमा विचाराधीन रहेको छ ।

जाहेरीअनुसार उज्ज्वललाई ३० अक्टुबर २०१५ मा अपहरण गरिएको थियो । त्यतिवेला अपहरणविरुद्ध ठुटीबारीमा स्थानीयले बृहत् प्रदर्शन गरेका थिए । उनीहरूले ठुटीबारी बजार नै बन्द गराएर दशगजा क्षेत्रमा पनि नाराबाजी गरेका थिए । कँडेल भारतीय नागरिकसमेत रहेको समाचार भर्खरै सार्वजनिक भएको थियो ।