जनता टाइम्स

४ पुष २०८१, बिहीबार १२:५६

सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोवार ?


काठमाडौं, पुस ४ । सुनको भाउ आज घटेको छ ।

सुन तोलामा १ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन मंगलबार प्रतितोला ७ सय रुपैयाँ घटेर तोलाको १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज प्रतितोला २५ रुपैयाँ घटेको छ । हिजो प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको चाँदी भाउ आज १ हजार ७ सय ८० रुपैयाँमा झरेको छ ।