जनता टाइम्स

५ पुष २०८१, शुक्रबार ०९:४२

प्रवासी नेपाली मञ्चको चौथो भौतिक बैठक र बिधान सम्मेलन स्थगित, यस्तो छ कारण


काठमाडौं, पुस ५ । प्रवासी नेपाली मञ्च (ओएनएफ) को चौथो भौतिक बैठक र प्रथम बिधान सम्मेलन स्थगित भएको छ ।

बैठक र सम्मेलनको तयारीका लागि समय लाग्ने भएकोले भौतिक बैठक र बिधान सम्मेलन स्थगित गरिएको प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले बताउनु भयो । सचिव शेर्पाले अर्काे निर्णय नभएसम्मका लागि भौतिक बैठक र बिधान सम्मेलन स्थगित गर्ने निर्णय गरिएको बताउनु भयो ।

प्रवासी नेपाली मञ्चले मध्यपूर्वमा चौथो भौतिक बैठक र प्रथम बिधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर तयारी पूरा नभएपछि स्थगित गरिएको सचिव शेर्पाले बताउनु भयो । ओएनएफ अन्तराष्ट्रिय कमिटीका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलले तयारीका काम पूरा नभएको कारण बैठक र सम्मेलन स्थगित गर्नुपरेको बताउनु भयो ।