जनता टाइम्स

१४ पुष २०८१, आईतवार १३:४२

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


काठमाडौं, पुस १४ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आइतबार ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१’ जारी गर्नुभएको हो ।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जनाउनु भएको छ ।