काठमाडौं, पुस १५ । रिटर्नी फेडेरेसन नेपालले सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड इन्भेष्टमेन्ट कम्पनी घोषणा गरेको छ । आज रिटर्नीद्वारा आयोजित सामुहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रमका बीच सामुहिक उद्यमशीलताका लागि पब्लिक लिमिटेड कम्पनी घोषणा घोषणा गरिएको हो ।
पहिलो बर्ष १६०० लगानीकर्ताबाट ३६ करोड लगानी संकलन र ५ बर्षभित्र २५ अर्बसम्मको लगानी जुटाउने गरी उक्त इन्भेस्टमेन्ट कम्पनी घोषणा भएको अध्यक्ष उत्तम अधिकारीले बताउनुभयो । समृद्धिका लागि उद्धमशिलतासहितको अर्थ राजनिति विकाश आवश्यक भएको पनि रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष अधिकारीले बताउनुभयो ।
रिटर्नी नेटवर्क नेपालको परिकल्पना, पहल र प्रयासबाट नेपालमा जनस्तरको सामुहिक लगानीमा रिटर्नी, स्वदेश तथा विदेशमा रहेका नेपाली लगानीकर्ताको पब्लिक इन्भेस्टमेन्ट कम्पनी गठनको औपचारिक रुपमा घोषणा गरि अगाडि बढेको उक्त कम्पनीका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,‘५ वर्ष भित्र २५ अरवको पूँजी परिचालन गर्न सहयोगि इन्भेस्टमेन्ट कम्पनी लिमिटेड प्रस्ताव गरिएको छ ।
उहाँले आफू अध्यक्ष रहेको कम्पनीमा सदस्यहरु डा. शालिकग्राम बसेल, डा. मोहमद एकबाल, शुभेक्षा मेयाङ्बो, राजन प्रसाद श्रेष्ठ, जेपी सापकोटा, एकराज सापकोटा र सन्तोष दाहाल रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको बताउनुभयो । कार्यक्रममा पाण्डेले यस कम्पनीको परिकल्पना गर्ने रिटर्नीलाई धन्यवाद दिनुभयो । त्यस्तै उहाँले उद्यमशिलता विकास र स्वदेशी तथा नेपाली उत्पादन वृद्धि गरि समृद्ध नेपाल निर्माण गर्ने कार्यमा सबै को साथ सहयोगको अपेक्षा गरिएको सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्