जनता टाइम्स

१७ पुष २०८१, बुधबार ०१:२९

पेट्रोल र डिजलको मूल्य बढ्यो, हवाइ इन्धनको घट्यो


काठमाडौं, पुस १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा एक रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो।

हवाई इन्धनको भने मूल्य घटेको छ । आयल निगमले जनाएअनुसार आन्तरिकतर्फ प्रति लिटर २ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले घटाइएको छ।

पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ। ​​​​​​​एलपी ग्यासको मूल्य पनि हाललाई यथावत राखिएको छ।