जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ०९:४८

मौसम पूर्वानुमान : यस्तो छ तीन दिनको मौसम बिवरण


काठमाडौं, कात्तिक ७ । मौसम पूर्वानुमान महाशाखाले अरब सागर तथा बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालको मौसममा बदलि आएको जनाएको छ ।

हाल देशको पश्चिमी भू–भागमा आंशिक तथा मध्य र पूर्वी भागमा सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टामा पहाडी भागमा हल्का वर्षा हुने तथा तथा बिहानीपख भिजिबिलिटी कम हुने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले आज दिउँसो मध्य तथा पूर्वी भागमा सामान्य र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । मध्य, पूर्व र पश्चिमी पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ ।

बिहीबार राति मध्य तथा पूर्वी भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य, पूर्वी तथा पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ ।

शुक्रबार दिउँसो मध्य तथा पूर्वी भागमा सामान्य तथा बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ । शुक्रबार राति मध्य तथा पूर्वी भागमा सामान्य र बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पूर्वी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च हिमाली भागमा हल्का हिमपातको संभावना छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर बदली रही पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति देशभर बदली रही पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।