जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार ११:५७

यसरी पक्राउ परे ‘यस्तै त हो नी ब्रो’ का र्‍यापर भिटेन


काठमाडौं, कात्तिक ७

नेपाली र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट भिटेनलाई पक्राउ गरेको हो ।

अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताउनु भयो । पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएका उनले त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिनुभयो ।

रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए । नेपाली र्‍यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन थप चर्चित भए ।

यसअघि मंगलबार पनि गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि उनी पक्राउ परेका थिए । उनले हिरासतबाटै सो गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट हटाएका थिए ।