जनता टाइम्स

२४ पुष २०८१, बुधबार ०९:०६

प्रवासी नेपाली मञ्च कतारले रचनात्मक र सिर्जनात्मक काम गर्दै भब्यरुपमा मनायो २०औं स्थापना दिवस


कतार, पुस २३ । प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारले आफ्नो २०औं स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी भब्य रुपमा मनाएको छ । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानक पोखरेलको प्रमुख आतिथ्यतामा मञ्चले रचनात्मक र सिर्जनात्मक काम गर्दै समाल रोड ६६ नम्बर स्थित मजरामा भब्यरुपमा मनाएको हो ।

सन २००४ मा स्थापना भएको ओएनएफ कतार नेपाली समुदायको साझा संस्थाको रुपमा स्थापित गरी अगाडि बढेको छ । मञ्चले सङ्गठनको आन्तरिक एकतालाई अझै सुदृढ बनाउन तथा आपसी चिनजान, सम्बन्ध विस्तारको निम्ति २०२५ को जनवरी ३ तारिक आयोजना गरेको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा प्रचार बिभाग प्रमुख चानख पोख्रेलले ओएनएफले बिदेशमा रहेका नेपालीको हितमा केन्द्रित गरी बिशेष अभियान चलाइरहेको र श्रमिकको हित केन्द्रित अभियान चलाएको जानकारी दिनुभयो ।

उहाँले मञ्च स्थापना गर्नुको औचित्यलाई पुष्टि गर्दै ओएनएफले आफ्नो कामबाटै रोजगारीको निम्ति कतार आएका सबै नेपालीको साझा चौतारी प्रवासी मञ्च रहेको प्रमाणित गरेको बताउनु भयो । यस्तै पोखरेलले हरेक श्रमिक नेपालीलाई सुखदुःख र आपत बिपत्तिको समयमा साथ सहयोगको निम्ति मञ्च स्थापना गरिएको भन्दै सोहीअनुसार अवको काम अघि बढाउन सुझाव दिनुभएको छ ।

मञ्चका अध्यक्ष चुडामणि कार्कीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष तथा मध्यपूर्व इन्चार्ज कमलमणि गुरागाईलगायत अन्तर्राष्ट्रिय कमिटी, मध्यपूर्व कमिटी, सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु, विभाग तथा फाँटका जिम्मेवार व्यक्तित्वहरु, नगर कमिटीका अध्यक्ष तथा पदाधिकारी र सदस्यका साथै सङ्गठित सदस्य गरी ३ सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान र शहीदहरूप्रति मौन धारणसहित सुरु गरिएको कार्यक्रममा कार्यक्रम संयोजकसमेत रहनुभएका ओएनएफ कतारका उपाध्यक्ष कार्यक्रम अफसर अलि खानले स्वागत गर्नुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले मञ्चले विदेशमा रहेका नेपालीहरूको बीचमा एकता र सहकार्यको भावना बढाउँदै आफ्नो गतिबिधि अघि बढाउनु पर्ने धारणा राख्नुभयो । यस्तै बक्ताहरुले नेपालीहरूको हकहितको रक्षा गर्दै उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक तथा श्रमिकको हक अधिकारको सुनिस्चिता गर्न आग्रह गर्दै मञ्चलाई कतारमा रहेका सबै नेपालीहरूको साझा सङ्गठन बनाउन सुझाव दिए ।

कार्यक्रममा ओएनएफका मध्यपूर्व इञ्चार्ज तथा कतारका संस्थापक अध्यक्ष कमलमणि गुरागाई, अन्तर्राष्ट्रिय बिभाग सदस्य केवी हमाल, मध्यपुर्व कमिटी सदस्य चानीलाल राजबंशी, निर्वतमान अध्यक्ष प्रभात त्रिपाठी, सल्लाहकार कमिटी अध्यक्ष गणेश परियार (शिव), पूर्वमहासचिव मुनाफ मिया, जिफन्टका काबा अध्यक्ष नवराज साही, सामाजसेवी सागर नेपाललगायत रहनुभएको थियो ।

कार्यक्रममा जनसंगीत मञ्च कतारसहित शान्ती ओली, मेनुका खतिवडा भण्डारी, उषा रिमाल, रेस्मी सेन्चुरी, पवित्रा आचार्य, गङ्गा बिसी, जमुना बिसी, बाबू कौसललगायतका कलाकारले आफ्नो सांगितिक प्रस्तुती दिनुभएको थियो । यस्तै साहित्यकार आरके घायलले मनछुने गजल वाचन गर्नुभएको थियो ।

कार्यक्रममा मञ्च कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति चुडामणी कार्कीले श्रमिकको हितमा स्थापना भएको कल्याणकारी कोषको लागि आफ्नो तर्फबाट कतारी रियल पाँच हजार सहयोग गर्ने घोषणा गर्दै प्रवासी नेपाली मञ्च कतारले कल्याणकारी कोष स्थापना गरिएको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी पोखरेलले आधा दर्जन व्यक्तिहरुलाई खादा लगाएर मञ्चमा प्रवेश गराउनु भएको छ थियो । कार्यक्रममो समापनको अवसरमा अध्यक्ष कार्कीले बनभोज ब्यबस्थापन, यातायात ब्यबस्थापन, अतिथि सम्मान लगायतका बिषयमा जिम्मेवारी निभाउनेहरुप्रति धन्यवाद दिनुभयो । कार्यक्रममा मञ्चका सचिव शेषराज तिमिल्सिना र साँस्कृतिक बिभागका कृष्ण दर्लामीले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो ।