जनता टाइम्स

७ कार्तिक २०७६, बिहीबार १४:५२

एनसेल दियो तिहारको अफर, चार गुणा बढी फोरजी डाटा बोनस


काठमाडौं, कात्तिक ७

एनसेल प्राइभेट लिमिटेड कम्पनीले तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि फोरजीमा डाटा बोनस योजना ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले चार गुणा बढी डाटाको फाइदा लिन सक्नेछन् । यो अफर कात्तिक ८ बाट लागू भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ ।

यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डाटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डाटा भोल्युमको फाइदा लिन सक्नेछन् । कर बाहेक रु १५ करसहित रु १९।१५ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् ।

यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ कर सहित रु ९५ंं।७७ शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डाटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाइने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क सञ्चालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।

चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहिरहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रिया मार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जीबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् ।