काठमाडौं, पुस २६ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमै घुस रकम बुझाउन पुगेका एक सरकारी कर्मचारीबिरुद्ध मुद्धा दायर भएको छ । घुस रकमसहित अख्तियार पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि आयोगको कार्यालय कञ्चनपुरमा छानबिन भइरहेको बेला सापकोटा अनुसन्धान अधिकृतको कार्यकक्षमा आई कागजातसहितको खाम दिँदा एक लाख बराबरको घुस रकम फेला परेको थियो । अनुसन्धान अधिकृतले सोधपुछ गर्दा मुद्दा मिलाइदिनका लागि स्वेच्छाले नै रकम ल्याएको भन्ने बयान सापकोटाले दिएका थिए ।
आयोगले बिहीबार सापकोटाविरूद्ध एक लाख बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्