जनता टाइम्स

२८ पुष २०८१, आईतवार ००:५१

अमेरिकाको ओहायो र केन्टकी राज्यमा ओएनएफ अधिवेशन तोकियो


अमेरिका, पुस २८ । प्रवासी नेपाली मञ्च, ओएनएफ अमेरिकाको दुई वटा राज्य कमिटीका अधिवेशनको मिति तोकिएको छ ।

ओएनएफ अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले दिनुभएको जानकारीअनुसार ओहायो राज्य कमिटीको अधिवेशन यही जनवरी १९ तारिक कोलम्वसमा आयोजना गर्ने निर्णय भएको छ । सो अधिवेशनको प्रमुख अतिथी प्रवासी नेपाली मञ्चका सचिवालय सदस्य एवं अमेरिका महादेश इञ्चार्ज प्रभु थापा रहनुभएको छ ।

यसैगरी जनवरी २६ तारिक केन्टकी राज्य कमिटीको अधिवेशन लेग्जिनंटन शहरमा सम्पन्न हुने गरी तय भएको अध्यक्ष लामिछानेले बताउनु भयो ।