जनता टाइम्स

१ माघ २०८१, मंगलवार ०९:१५

फास्ट फुड एशोसियशनको अध्यक्षमा होमबहादुर, महासचिवमा राकेश निर्वाचित, यस्तो बन्यो केन्द्रीय समिति


काठमाडौं, माघ १ । फास्ट फुड एशोसिएशन नेपालको अध्यक्षमा होमबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।

सोमवार सम्पन्न ८ औं राष्ट्रिय अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षद्वय रामकाजि भण्डारी र नवीन श्रेष्ठ रहनुभएको छ भने महासचिवमा राकेश श्रेष्ठ चयन हुनुभएको छ ।

यस्तै सचिवमा भीमप्रसाद आरण, कुमार भण्डारी र कोषाध्यक्षमा टेकबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा रबिन्द्र भण्डारी, गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुभाष श्रेष्ठ, महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ चयन हुनुभएको छ ।